धरान । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले पत्रकार गोपाल दाहाललाई धम्की दिएका छन् ।
खोज पत्रकारिता केन्द्र (खोपके) मा समाचार लेखेका पत्रकार दाहाललाई लक्षित गर्दै साम्पाङले फेसबूकमा श्रृंखलाबद्ध रूपमा धम्कीपूर्ण स्ट्याटस लेखेका हुन् । केही दिनअघि खोपकेले धरानमा सुशासनको कुरा गर्ने साम्पाङको विगत र मेयरको रूपमा उनको कार्यशैलीबारे खोजी समाचार प्रकाशित गरेको थियो ।
समाचारमा साम्पाङले नगरप्रमुख हुनुअघि नक्कली माओवादी बनेर चन्दा उठाएको र नगरप्रमुख भएपछि पनि गैरकानूनी चन्दा संकलन गरेको दाबी गरिएको थियो ।
समाचार सार्वजनिक भएसँगै साम्पाङले पत्रकार दाहाललाई लक्षित गर्दै फेसबूकमा धम्की दिएका छन् ।
उनले लेखेका छन्ः
‘खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल या कोही प्रतिनिधि भोलि १० बजे धरान १८ को ग्रीन टीमा हाजिर हुनु । अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन ।’ उनले पत्रकारलाई ‘चोरफटाहा’ को उपमा दिँदै सामाजिक सञ्जालमा तीव्र आक्रोश पोखेका छन् ।
फेरि अर्को पटक पनि हर्क साम्पाङले स्टाटस लेख्दै ‘शीर ठाडो पारेर’ हिँड्न नसक्ने बनाइदिने भन्दै धम्क्याएका छन् । धम्कीपछि पत्रकार दाहालले असुरक्षित महसुस गरेको बताएका छन् । आफूले सोही समाचार लेखेकाले साम्पाङले धम्क्काउँदै सामाजिक सन्जाल फेसबुकमा बुधबार स्टाटस लेखेको दाहालले बताएका छन् ।
दाहालले समाचार लेखेकै कारण हर्क साम्पाङले धम्की दिएपछि नेपाल पत्रकार महासंघ लगायतले विज्ञप्ति निकालेर विरोध जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय