विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा मतदान सकिएपछि आजै मतगणना सुरु गर्ने तयारी गरिएको छ ।

उपनिर्वाचनअन्तर्गत मतदान सकिएलगत्तै प्रक्रिया पूरा गरी मतगणना गर्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणनाको लागि लागि गणनास्थल तयार गरिसकिएको छ । अध्यक्ष पदका लागि भएको निर्वाचनमा मतदान सकिएपछि मतपेटिका संकलन हुने र लगतै मतणना पनि सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए ।

मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्नेछ । त्यसपछि तुरून्तै गणना सुरू गर्ने तयारी भएको उनले बताए । उनका अनुसार दुईवटा टोली बनाएर मतणना गर्ने तयारी छ । राती ९ देखि १० बजेसम्म्मा मतगणना सुरु हुनेछ ।

ग्रामथानमा २६ हजार ४४ मतदाता छन् । बिहान ११ बजेसम्म ६ हजार ८२६ मत खसेको निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय