काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ।
आज न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले रिट खारेज गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विदेशमा लगानी रहेको भन्दै अफवाह फैलाएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रसाईँका छोराले उनको रिहाइका लागि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
सर्वोच्चले रिट खारेजसँगै निर्देशनात्मक आदेश पनि जारी गरेको बताइएको छ । निर्देशनात्मक आदेशमा के छ भन्ने जानकारी दिइएको छैन ।