उर्लाबारी । खानेपानी मन्त्री प्रदीप यादवले स्टन्डवाजले देश नचल्ने बताउनुभएको छ ।
आइतबार मोरङको उर्लाबारी–९ मा उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र संघीय खानेपानी आयोजनाको बृहत् सहलगानीमा निर्माण गरिएको खानेपानी आयोजनाको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । ‘स्टन्डवाजले देश चल्दैन, स्टन्डवाज केही समय टिक्ला तर, दिर्घकालिनका लागि टिक्दैन’ उहाँले भन्नुभयो–‘ स्टन्डवाज होइन काम गरेर देखाउने बेला आएको छ ।’ जनताको समस्या समाधान गर्न ठूला दल मिलेर दुई तिहाईको सरकार बनेको उहाँले दाबी गर्नुभयो । उहाँले सरकारलाई असफल बनाउन चलखेल भइरहेको बताउनुभयो । जनताका माग र आवश्यकता सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री यादबको भनाई छ । उहाँले सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पु¥याउन सरकार लागि परेको बताउनुभएको छ ।
मन्त्री यादबले देशभर देखिएका खानेपानी सम्बन्धी समस्या समाधान गर्न सरकार सक्रिय रहेको बताउनुभयो । मन्त्री यादवले तराई मधेशमा पानीको भूमिगत स्रोत घट्दै जाँदा ठुलो चुनौती थपिएको बताउनुभयो । उहाँले गत असोजमा आएको राष्ट्रिय विपत्तिबाट खानेपानी क्षेत्रमा ६ अर्बको क्षति भएको बताउनुभएको छ । उहाँले यसै बर्ष पुननिर्माणका काम अघि बढ्ने बताउनुभयो । मन्त्री यादबले मन्त्रालयको बजेट सानो आकारमा रहेको र माग ठूलो रहेको बताउँदै मन्त्रालयले सबै नागरिकलाई शुद्ध खानेपानीको पहुँज पु¥याउन कटिबद्ध ढंगबाट लागि परेको बताउनुभयो । उर्लाबारी खानेपानीलाई एकीकृत गरेर नागरिकहरुलाई २४ सैं घण्टा पानी खुवाउने काम गरेको भन्दै उहाँले प्रशंसा गर्नुभयो । अरु उपभोक्ता समितिले पनि उर्लाबारीबाट सिक्नु पर्ने उहाँको भनाई छ । उर्लाबारीमा अर्को खानेपानी आयोजना निर्माणका लागि मन्त्रालयले स्रोत सुनिश्चितता गरिदिने प्रतिबद्धता जाहेर गर्नुभयो ।
उपभोक्ताहरूको ३० प्रतिशत, संघीय खानेपानी आयोजनाको ७० प्रतिशत लगानीमा २८ करोड २८ लाख ५० हजार ८ सय ३८ रुपैयाँमा निर्माण भएको आयोजना २०७९ साल भदौ ३० गते सुरु भएको थियो । उर्लाबारी नगरपालिकाका वडा नम्बर ८ र ९, दमक नगरपालिकाको वडा नम्बर १०, रतुवामाई नगरपालिकाको वडा नम्बर १० र पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ५ का उपभोक्ता लाभान्वित हुने यस आयोजनाले चार लाख ५० हजार लिटरको ओभरहेड ट्यांकीबाट पानी वितरण गरिरहेको अध्यक्ष चिन्तामणि पौडेलले जानकारी दिनुभयो । उक्त कार्यका लागि २ सय १ किलोमिटर पाइप बिछ्याइ सकेको उहाँको भनाई छ ।
उर्लाबारी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष चिन्तामणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मोरङ १ का प्रतिनिधिसभा सदस्य डिगबहादुर लिम्बू , कोशी प्रदेशका सांसद उमाकान्त गौतम, नगर विकास कोष महाशाखाका प्रमुख सुवास पन्तलगायतले बोल्नुभएको थियो । कार्यक्रम सञ्चालन सचिब मेघराज श्रीपालीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय