उर्लाबारी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) उर्लाबारीको तेस्रो नगर अधिवेशनको अवसरमा सप्तकोशी बोर्डिङ स्कुलका संस्थापक÷प्रिन्सिपल लेखनाथ भट्टराईलाई सम्मान गरिएको छ ।
लामो समयदेखि शिक्षा क्षेत्र, सामाजिक क्षेत्रका साथै प्याव्सनका जिल्ला तथा केन्द्रीय कार्यसमितिमा रहेर पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँलाई नगद ५ हजार ५ सयसहित सम्मान पत्र र दोसद्यलाले सम्मान गरिएको हो । भट्टराईले सम्मानस्वरुप प्राप्त गर्नुभएको रकम प्याव्सनको कोषवृद्धिमा सहयोग पुगोस्् भन्दै हस्तान्तरण गर्नुभएको छ । अधिवेशनका अवसरमा प्याव्सन आवद्ध विद्यालयबाट गत वर्षको एसईई परीक्षामा उत्कृष्ट जिपिए ल्याउने एक÷एक जना छात्रछात्रालाई नगदसहित सम्मान गरिएको छ । सम्मानित हुनेमा ४ जिपिए प्राप्त गर्ने पशुपति आमाविकी छात्रा अन्वेशा बस्नेत र ३.८६ जिपिए ल्याउने हिमचुली बोर्डिङ स्कुलका छात्र लियोन भट्टराई रहनुभएको छ । उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि केदार खनाल, विशिष्ट अतिथि प्याव्सनका पूर्व केन्द्रीय सदस्य लेखनाथ भट्टराई, प्याव्सन जिल्ला उपाध्यक्ष सुरेन्द्र सुवेदी, नगर अध्यक्ष दिनेश पोख्रेलले सम्मानपत्रसहित नगद २५ सय रुपैयाँले सम्मान गर्नुभयो ।
ADVERTISEMENT