उर्लाबारी,मोरङको उर्लाबारी नगरपालिकाको कार्यालय क्षेत्रमा भारतीय निर्माण व्यवसायीहरुलाई व्यवसायी प्रमाणपत्र दिएर काम गर्न स्वीकृति दिएको भन्दै स्वतन्त्र निर्माण व्यवसायी मजदुर संघ उर्लाबारीले नगरपालिकाको ध्यानाकर्षण गराएको छ।
संघले नगरपालिकालाई बुझाएको ध्यानाकर्षण पत्रमा स्थानीय निर्माण व्यवसायी र मजदुरको रोजगार अधिकार खोसिएको आरोप लगाइएको छ।
भारतीय व्यवसायीहरुलाई अनुमति दिनु नगर क्षेत्रका व्यवसायीको भविष्यमाथि खेलवाड गर्ने कार्य भएको संघको दाबी छ।
“स्थानीय मजदुर र व्यवसायीले नगर क्षेत्रमा पौरख गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका छन्। तर, बाह्य व्यक्तिहरुलाई प्राथमिकता दिनु अन्यायपूर्ण हो,” संघका अध्यक्ष युवराज खड्काले बताएका छन्।
संघले नगरपालिकालाई स्थानीय व्यवसायी र मजदुरका हक अधिकार सुनिश्चित गर्न तत्काल कदम चाल्न आग्रह गरेको छ। साथै, यस्तो गतिविधि रोक्न आवश्यक निर्णय गर्न चेतावनी समेत दिएको छ। बुधबारदेखी संघले पालिका अगाडि विभिन्न प्ले कार्डहरु प्रदर्शन गर्दै शान्तिपुर्ण तरिकाले पालिकाको ध्यानकर्षण गराएको छ ।
यस्तै मजदुर संघले माग पूरा नभए आन्दोलन गर्ने चेतावनी पनि दिएको छ।
यता नगरपालिकाले भने ध्यानाकर्षण भएको जनाउँदै नीतिगत रुपमा अगाडि बढ्ने बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय