उर्लाबारी, महेन्द्र राजमार्गअन्तर्गत उर्लाबारी वडा नम्बर ३ नया मंगलबारे सडकखण्डमा बिहिबार दुई वटा मोटरसाईकल आपसमा ठक्कर खाई दुर्घटना भएको छ । दुर्घटनामा परि २ जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
बिहिबार दिउसो करिव ४:३० बजे पथरीबाट पूर्व उर्लाबारीतर्फ आउदै गरेको प्र१-०२-०५०प ८४०६ नम्बरको मोटरसाईकल र उर्लाबारीबाट पश्चिम पथरीतर्फ जादै गरेको प्र१-०२-०४३ प ९२२६ नम्बरको मोटरसाईकल आपसमा ठक्कर खाई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक राकेश यादवले बताए ।
दुर्घटनास्थलमा प्रहरीको टोलीसहित उद्दारमा पुगेका प्रहरी निरिक्षक यादवकाअनुसार सो दुर्घटनामा परि कानेपोखरी गाउपालिका वडा नम्बर ४ का अन्दाजी २८ वर्षिय किशोर गुरुङ र पथरीशनिश्चरे नगरपालिका–५ का ४२ वर्षिय दिपक धिमालको उपचारको क्रममा मृत्यु भएको बताईएको छ ।
उनकाअनुसार धिमाल यामाहाको एम.टी १५० मा सवार रहेका थिए भने गुरुङ होण्डाको साईन १२५ मा सवार रहेका थिए ।
उनीहरुमध्ये गुरुङको मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै धिमालको उर्लाबारीस्थित अरनिको अस्पतालमा निधन भएको बताईएको छ ।
त्यस्तैगरि सो दुर्घटनामा परि गम्भिर घाईते भएका कानेपोखरी–४ का अन्दाजी २६ वर्षिय अमृत लिम्बू र पथरीशनिश्चरे–५ का अन्दाजी ३८ वर्षीय विष्णु धिमालको झापा जिल्लास्थित वि.एण्ड.सी. अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
उर्लाबारीमा उपचार सम्भव नभएपछि उनीहरुलाई थप उपचारका लागि झापाको वी.एण्ड. सी. अस्पताल लगिएको हो। दुर्घटनामा परेर दुवै मोटरसाइकल क्षतिग्रस्त भएका छन् ।
प्रहरीले सो घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ । मोटरसाइकलको गति तिव्र भएको कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
ADVERTISEMENT