उर्लाबारी । घर निर्माणलगायतका काममा भारतीय निर्माण व्यवसायीहरुलाई स्थानीय सरकारले प्राथमिकता दिएको भन्दै स्वतन्त्र निर्माण व्यवसायी मजदुर संघ उर्लाबारीले असन्तुष्टि जनाएको छ ।
उर्लाबारी नगरक्षेत्रभित्र भारतीय निर्माण ब्यवसायीहरुलाई व्यवसायीको प्रमाणपत्र दिएर काम गर्न स्वीकृति दिन थालेको भन्दै संघले असन्तुष्टि जनाउँदै उक्त निर्णय खारेज नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । संघका अध्यक्ष भागिराज खड्का (युवराज) ले भारतीय निर्माण ब्यवसायीहरुलाई घरलगायत निर्माण कार्यमा अनुमति दिनु गलत भएको भन्दै उक्त निर्णय सच्याउन माग गर्नुभयो । उहाँले प्रश्न गर्नुभयो –‘स्थानीय सरकारले स्थानीय निर्माण ब्यवसायीहरुलाई प्राथमिकता दिने हो की बाहिरका निर्माण ब्यवसायीहरुलाई ?’
संघका सचिब बुलन पासवानले पनि बाहिरका निर्माण व्यवसायीहरु हाबी भएका कारण स्थानीय निर्माण ब्यवसायी मर्कामा परेको उल्लेख गर्नुभयो । उर्लाबारी नगरपालिकाभित्रका निर्माण ब्यवसायी तथा श्रमिकहरुको हकअधिकार सूनिश्चित नगरेको भन्दै उहाँले स्थानीय जनप्रतिनिधिहरुले विदेशी नागरिकलाई प्रोत्साहन हुने काम गरेको आरोप लगाउनुभयो ।
संघले मदजुरहरुको दुर्घटना बिमा, सुरक्षा सामग्री उपलब्ध गराउन, विश्वकर्मा पुजा तथा मजदुर दिवसमा बजेटको ब्यवस्था गर्न, स्थानीय बेरोजगारी श्रमिक तथा निर्माण ब्यवसायीहरुलाई स्वरोजगार बनाउने कार्य गर्न माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय