दमक । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति सदस्य प्रितम खड्गीले उपलब्धिमूलक र परिणामदायी तालिमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
झापाका दमकका व्यवसायीहरुको प्रतिनिधिमुलक सहभागितामा व्यवसाय सुधार सम्बन्धिको चार दिने कार्यशाला उद्घाटन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । दमक उद्योग वाणिज्य संघको आयोजना र अन्तरष्ट्रिय श्रम संगठन (आइएलओ)को सहयोगमा सञ्चालित तालिमको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहनुभएका खड्गीले व्यवसायीहरुको व्यवसाय प्रवद्र्धनमा तालिमले ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकारहरुले सञ्चालन गर्ने तालिमहरु औपचारिकतामा सिमित हुने गरेको बताउनुभयो ।
तालिमका मुख्य प्रशिक्षक बाबुराम रानाभाटले नेपालमा ४० प्रतिशत व्यवसायीहरुले व्यवसाय सुरु गरेर दुई बर्ष नपुग्दै व्यवसाय छोड्ने गरेको र ५ बर्ष नपुग्दै ७५ प्रतिशत व्यवसायीहरु व्यवसायबाट पलायन हुने गरेको तथ्याङक सुनाउनुभयो । दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँले व्यवसायीहरुको सीप र ज्ञानको बिकासले मात्रै व्यवसायिक क्षेत्रमा सफलता दिने र परिणामदायी बनाउने भएकाले यस किसिमको कार्यशाला दमकमा राखिएको बताउनुभयो । अध्यक्ष गुरागाइँको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संघका पदाधिकारी, सदस्यहरु, लेखा समिति लगायत दमकका युवा उद्यमी, व्यवसायीहरु करिब ४० जनाको सहभागिता थियो । सो कार्यशाला चार दिन सम्म चल्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय