काठमाडौं । ज्यान मुद्वामा दोषी ठहर भएका गण्डकी प्रदेश सांसद राजीव गुरूङ उर्फ दीपक मनांगे जेल चलान भएका छन् ।

आज काठमाडौंको सानोभर्‍याङबाट पक्राउ परेका मनांगेलाई अदालत उपस्थित गराएर डिल्लीबजार कारागार चलान गरिएको हो ।

२१ वर्षअघिको घटनामा सर्वोच्च अदालतले उच्च अदालत पाटनको आदेश सदर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको थियो । मनांगेले २१ वर्षअघि गुन्डा नाइके चक्रे मिलनमाथि आक्रमण गरी हात छिनालि दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय