उर्लाबारी, मोरङको उर्लाबारी नगरपालिका-४ स्थितबाट भन्सार छलीका अवैध कपडा प्रहरीले बरामद गरेको छ ।

कार्तिक २४ गते बिशेष सुचानाको आधारमा जिल्ला प्रहरी कार्यलय मोरङबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा को. १ ह ६३०९ नम्बरको अटो रिक्सामा भन्सार छली गरी अवैधरुपमा बोकेको करिव ३ लाख ३७ हजार ६ सय मुल्य बरावरको लेडिज टप्स र कुर्थासुरुवाल बरामद गरेको हो । बरामद भएको उक्त सामग्री सहित अटो र चालक बिराटनगर १५ बस्ने वर्ष ३५ को ओम जित साह सहित अटोमा सवार २२ बर्षीय अभिशेक चौधरी र २८ बर्षीय तबरेज अन्सरी समेतलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय