काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको उपनिर्वाचनमा एक्लै लड्ने भएको छ ।
आज खुमलटारमा बसेको पदाधिकारी बैठकदले गठबन्धन नगरी एक्लै उपनिर्वाचन लड्ने निर्णय गरेको हो । कुनै स्थानीय तहमा गठबन्धनको आवश्कता परे स्थानीय तहले नै निर्णय गर्न सक्ने बैठकले निर्णय गरेको हो ।
बैठकले सिफारिस भएर आएका उम्मेदवारको नाम अनुमोदन पनि गरेको छ।