उर्लाबारी । तिहारमा देउसी–भैलो खेलेर उठेको रकमलाई यहाँका युवाहरूले सामाजिक कार्यमा खर्च गरेका छन् ।
देउसी–भैलो खेलेर उठेको रकम खानपिनमा खर्चेर दुरूपयोग हुने भन्दै उनीहरूले उक्त रकम सामाजिक कार्यमा लगाएका हुन् । उर्लाबारी–७ की ममता राना मगरसहितको टोलीलले देउसी–भैलो खेलेर उठेको रकमबाट उर्लाबारी वडा नं. ७ को नमूना बाल गृहमा सिसी क्यामेरा जडान गरेको टोलीका सदस्य जीवन चिमरियाले जानकारी दिनुभयो । आश्रमका आश्रित बालबालिकाहरुको आन्तरिक सुरक्षाका साथै, कुनै पनि घटना हुन वा भइहाले त्यसको गतिविधिको निगरानी गर्नका लागि सिसी क्यामेरा जडानले सहयोग पुग्ने अपेक्षा गरिएको अर्का सदस्य सरोज बस्नेतले जानकारी दिनुभयो । सञ्चारकर्मी घनश्याम भण्डारी, कुमार खड्का, टिका सिम्खडा, पुजन दास, युवा ब्यवसायी नुतन राईलगायतको उपस्थितिमा सिसी क्यामेरा जडान तथा गेट रंगरोगनको काम गरिएको छ । देउसी–भैलो खेलेर उठेको रकमलाई सामाजिक सेवामा लगाउनु उदाहरणीय कार्य भएको भन्दै गृहकी अध्यक्ष मिनादेबी बरालले सबैलाई धन्यवाद दिनुभयो । हरेक व्यक्ति तथा समाजले यसरी नै आफ्नो व्यवहार र शैली परिवर्तन गर्न आवश्यक रहेको उहाँको भनाई छ । अभियानकी संयोजक ममता राना मगरले देउसी–भैलो खेलेर उठेको रकमलाई बाल गृहमा सिसी क्यामेरा जडान गर्ने अवसर पाउँदा खुशी लागेको धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय