छठ पर्वको मुख्य दिन बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको छठ पर्वको मुख्य दिन बिहीबार व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् ।
बिहीबार निराहार व्रत बसेका व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिई रातभर छठ घाटमै जाग्राम बस्ने गर्छन् । कार्तिक शुक्ल सप्तमीका अवसरमा शुक्रबार बिहान उदाउँदा सूर्यलाई अर्घ दिएपछि चार दिन लामो छठको व्रत विधि समापन हुन्छ ।