काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको जारी मतगणनामा अब १० राज्यको मात्र मतगणना बाँकी छ ।

५० राज्यमध्ये हालसम्म ४१ राज्यको नतिजा आएको छ । जसमध्ये २६ मा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र १५ मा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस विजयी भएकी छन् ।

ट्रम्प अब बहुमत नजिक छन् । बहुमतका लागि ५३८ इलेक्टोरल कलेज मतमध्ये २७० इलेक्टोरल मत आवश्यक पर्छ । ट्रम्पले २४६ मत पाएका छन् भने कमलाले २१० इलेक्टोरल मत पाएकी छन् । दुवैबीच ३६ मतको मात्र अन्तर छ । तर, बाँकी १० राज्यमध्ये ५ राज्यमा ट्रम्पको अग्रता छ । २ राज्यमा मतगणना सुरु भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय