पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप दश दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
आज कास्की जिल्ला अदालतले तेस्रो पटक म्याद थप गर्दै लामिछानेलाई थप दश दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
प्रहरीले थप २५ दिन म्याद दिन माग गरेको थियो ।