काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थानीय तह निर्वाचनअघि नबस्ने भएको छ । स्थानीय तह निर्वाचनमा सक्रियतापूर्वक लाग्नुपर्ने भएकाले निर्वाचनअघि बैठक नबस्ने भएको हो । असोजको पहिलो साता सम्पन्न प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त परामर्श बैठकबाट आएका सुझावका आधारमा दसैँ–तिहारको बिचमा बैठक बस्ने भनिएको थियो । तर अध्यक्ष प्रचण्ड लगायत केन्द्रीय नेताहरू जिल्ला जिल्लामा व्यस्त भएको, तिहार, छठ जस्ता चाडपर्वका कारण बैठक तिहार लगत्तै बस्ने भनिएको थियो ।

परामर्श समिति बैठकबाट आएका सल्लाह र सुझावका आधारमा अध्यक्ष प्रचण्डले राजनीतिक दस्ताबेज लेख्ने तयारी गरेपनि पूर्णता पाइनसकेको प्रचण्डका सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय