नवलपुर । मध्यविन्दु नगरपालिका-४ लुस्लहरी निवासी १९ वर्षीया विपना चौधरीको शव नारायणी नदीको किनारमा फेला परेको छ ।

गत सोमबारदेखि मुग्लिन क्षेत्रबाट बेपत्ता भएकी चौधरीको शव बिहीबार साँझ मध्यविन्दु-१५ स्थित कोलकट्टा क्षेत्रको नदी किनारमा फेला परेको हो ।

नवलपुरको कुमारवर्ती माध्यमिक विद्यालय, मध्यविन्दु-२ कोल्हुवामा कक्षा १२ मा अध्ययनरत चौधरी कात्तिक १२ गते क्याम्पसबाट बन्दिपुर पिकनिक गएर फर्कने क्रममा बेपत्ता भएकी थिइन् । नारायणघाट–बुटबल सडक खण्डको तीन नम्बर पुलमा शौच गर्न गएपछि उनी बेपत्ता भएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेसी शाहका अनुसार स्थानीय माछा मार्ने व्यक्तिहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ल्याई पोष्टमार्टम गरिएको र शव विपनाकै भएको पुष्टि भएको उनले बताए ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय