काठमाडौं । भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा दोषी ठहर भइ जेल सजाय सुनाइएका राहुल महरा रिहा भएका छन् ।
उनी हिजो १४ महिनाको जेल सजाय काटेर रिहा भएका हुन् ।
पूर्वसभामुख एवम् माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा समेत रहेका राहुललाई प्रहरीले २०८० भदौ १३ गते पक्राउ गरेको थियो ।