उर्लाबारी, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेललाई पालिका परिसरभित्रै सोमबार भएको अभद्र व्यवहारप्रति खेद व्यक्त गर्दै नेकपा एमाले उर्लाबारी नगर कमिटीले प्रेस विज्ञप्ती जारी गरेको छ।
एमाले नगर कमिटीका अध्यक्ष गंगाप्रसाद बाँस्तोलाद्वारा हस्ताक्षरीत सो विज्ञप्तीमा भनिएको छ,” घटनामा अप्रत्यक्ष रुपले अरु कसैको संलग्नता भएको आशंका रहेकोले यसमा सम्पूर्ण पक्षको सहभागितामा निष्पक्ष र गहन अनुसन्धान गरी दोषीमाथि यथाशीघ्र कानुनी कारबाही गर्न स्थानीय प्रशासनलाई हाम्रो आग्रह छ। यस्तो प्रकारका अमर्यादित र अशोभनीय आचरणले समाजको शान्ति, सुरक्षा र विधिको शासनलाई आघात पुऱ्याउँछ । जसको हामी कडा शब्दमा निन्दा गर्दछौ।”
यस्तै मंगलबार जारी सो विज्ञप्तीमा नगरको मर्यादा र आम नागरिकको सुरक्षा सुनिश्चित गर्नका लागि भविष्यमा यस्ता घटनाहरूलाई रोक्न प्रशासनले थप कडा कदम चालोस् भन्ने माग समेत गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय