बेलबारी । मोरङको बेलबारीमा शनिबार आयोजित प्रदेश स्तरीय दोस्रो खुला कराँते प्रतियोगितामा मधुमल्लाका खेलाडीले २ गोल्ड मेडल जितेका छन् ।
११ जना खेलाडीहरूले तेस्रो पदक जितेका छन् । कोशी प्रदेशका ६ सय खेलाडी सहभागी उक्त खेलमा मधुमल्लाले कराँते प्रशिक्षणको छोटो अवधिमै उत्कृष्ट नतिजा निकाल्न सफल भएको मधुमल्ला कराँते डोजो समितिका अध्यक्ष तथा कराँते खेलका प्रमुख प्रशिक्षक दिपेन थापाले बताउनुभयो ।
बेलबारी कराँते एकेडेमीले आयोजनामा भएको खुला प्रदेश स्तरीय कराँते प्रतियोगिता २०८१ मा मधुमल्ला डोजोका २७ जना खेलाडी सहभागी थिए । ती मध्ये २५ केजी तौल समूहमा रोजल राई तथा मन्दिप शिवाकोटीले गोल्ड मेडल प्राप्त गर्न सफल भए भने अन्य ११ खेलाडीले तेस्रो पदक जित्न सफल भएका थिए ।
खेलका दक्ष, अनुभवी मधुमल्ला कराँते डोजोका प्रमुख प्रशिक्षक थापाका अनुसार प्रतियोगिता अन्तर्राष्ट्रिय खेलका नियम अनुसार खुल्ला कराँते प्रतियोगिता गराइएको थियो । थापाले भने अबको बाँकी जीवन कराँते खेल क्षेत्रको विकास र प्रवद्र्धनमा निम्ति समर्पित गर्ने लक्ष्य लिइएको साथै कराँते खेल क्षेत्रलाई नयाँ पहिचान दिनका लागि लागि परेको उहाँको भनाई छ । थापाका अनुसार कराँते खेल तत्कालिन मधुमल्ला गाविस हुँदा २०५१ सालबाट सुरु गरेको थियो । थापा संस्थापक प्रशिक्षक समेत रहनुभएको छ । विभिन्न कालखण्डमा यस क्षेत्रका युवायुवतीहरूलाई यस खेलमा सहभागी गराई अन्तर्राष्ट्रिय मेडल समेत दिलाएको उहाँले बताउनुभयो । स्थानीय सरकारले चासो दिएको खण्डमा यसबाट युवायुवतीहरूको शारीरिक र मानसिक विकासमा टेवा पुर्याउनुका साथै दुब्र्यसनबाट जोगाउन तथा आत्मरक्षामा लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने उहाँले बताउनुभयो । थापाले उत्पादन गरेका खेलाडीमध्ये कविता राई तथा सन्देश मुखियाले भारतको गुजरातमा भएको अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा गोल्ड मेडल प्राप्त गरेको छन् । यो जित केवल मधुमल्ला डोजोको नभई सिङ्गो मिक्लाजुङ गाउँपालिकाको जित भएको उहाँको भनाई छ ।
ADVERTISEMENT