उर्लाबारी । उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेललाई हातपात भएको घटनाप्रति नेकपा माओवादी केन्द्र उर्लाबारीका अध्यक्ष गजेन्द्र दंगालले खेद प्रकट गर्नुभएको छ ।
अध्यक्ष दंगालले सामाजिक सञ्जालमार्फत नगरप्रमुखमाथि भएको हातपात निन्दनीय र खेदजनक भएको उल्लेख गर्नुभएको हो । अध्यक्ष दंगालले लेख्नुभएको छ–‘ उर्लाबारी नगर प्रमुखमाथी भएको हातपात अतिनिन्दनीय साथै खेदपूर्ण छ ।’
ADVERTISEMENT