झापा । झापाको दमक ३ स्थित मावा खोला नजिकको हत्या गरिएका दमक–९ का ३८ वर्षीय देशु भनिने यामु निरौलाको हत्यामा संलग्न रहको अभियोगमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
संखुवासभा मादी नगरपालिका १० स्थायी घर भई दमक ३ दुम्से बस्ने २६ वर्षीय गणेश दर्जीलाई विशेष प्रहरी टोलीले शनिबार काँकडभिट्टाबाट पक्राउ गरिएको हो । घटनास्थलमा रहेका मे.१ च २३९९ र प्रदेश १–०१–००१ च ८६३१ नम्बरको जीप गाडीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । ७ जनाको विरुद्ध किटानी जाहेरी परेकोमा हालसम्म सो घटनाको अनुसन्धानका क्रममा दर्जीसहित तीन जना मात्रै पक्राउ परेका छन् । मोरङको उर्लाबारी ७ का ४९ वर्षीय धु्रव गौतम र उर्लाबारी ६ का ४२ वर्षीय प्रकाश कार्कीलाई प्रहरीले यसअघि नै नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न अन्य फरारको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । हत्याको मुख्य योजनाकार एमाले नेता नम चेम्जोङ र बुद्धि थापा रहेको पीडित परिवारको दाबी रहेको छ । थापा एमाले प्रदेश सभा सदस्य होमबहादुर थापाका भाइ हुन् भने चेम्जोङ युवा संघका पूर्वकेन्द्रीय सदस्य र प्रधानमन्त्री केपी ओलीनिकट मानिन्छन् । एमाले कार्यकर्ता जोडिएका कारण हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको निरौलाको आफन्तको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय