कृष्ण घिमिरे
इटहरा / इटहरा बचत तथा सहकारी संस्था लिमिटेडको २७ औ साधरण सभा शनिबार रतुवामाइ -८ इटहरा बजारमा सम्पन्न भएको छ ।
सभामा अथितीको रुपमा आमन्त्रण भएका संस्थाका पूर्व अध्यक्ष केशवप्रसाद पोख्रेलले इटहरा साकोसमा भाका नाघेको ऋणको संख्या प्रतिशत बढी भएको बताएका छ्न उनी भन्छ्न संस्थाको साधरण सभामा भत्ता लिएर जाने अनि सभामा नबस्ने प्रवृत्ति वृद्वि भएको र तिन हजार सदस्य भएको संस्थाको दुइसय कुर्सी नभरिएको देख्दा दुख लागेको कुरा व्यत्त गरेका छ्न , संस्थामा चासो नदिएका कारण सहकारी बिग्रन सक्छ त्यसैले सस्थाका सदस्यहरुले सभामा उपस्थित भएर सुझावहरु दिन पर्छ भन्ने धारणा व्यत्त गरेका थिए , संस्थाले मृतक राहतको कार्यक्रमा केही नयाँ कुरा थपेको छ , कार्यक्रम पुरानो भएपनि राहत रकम चालीस हजार पुर्याएर वृद्धि गरेको अध्यक्ष विनोद घिमिरेले बताएका छ्न । संस्थामा सेयर सदस्य भएको कम्तिमा ५ वर्ष पुगेको हुनपर्ने र मृतक राहत कोषमा २ हजार जम्मा गरेको हुनपर्ने छ । संस्थाको साधरण सभा संस्थाका अध्यक्ष विनोद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय