दमक, झापाको दमक नगरपालिका– ९ का ३७ वर्षीय यमु निरौलाको हत्या प्रकरणमा आरोपीलाई राजनीतिक संरक्षण भएको भन्दै आफन्त र स्थानीय आक्रोशित भएका छन् ।

निरौलाको हत्या भएको चार दिन बितिसक्दा पनि हत्यारालाई पक्राउ गर्न नसक्नुले राजनीतिक संरक्षण नै भएको उनीहरुको ठहर छ ।हत्यारालाई पक्राउ नगरेसम्म शव नबुझ्ने भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् ।

शनिबार आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यालयको गेट अगाडि टायर बालेर प्रर्दशन गरेका छन् । प्रहरी कार्यालय अगाडि नै टायर बालेर प्रदर्शन गरेपछि अहिले त्यहाँको स्थिती तनावपूर्ण छ ।

हत्यामा संलग्न भएको भन्दै परिवारले बुधबार दमक– ८ का बुद्धि थापा, दमक-८ का नम चेम्जोङ, दमक– ३ का राजु भनिने शेरबहादुर नेम्वाङ, संखुवासभा मादी नगरपालिका– १० घर भई दमक– ३ बस्ने गणेश दर्जी, मोरङ उर्लाबारी– ६ का प्रकाश कार्की, उर्लाबारी– ७ का ध्रुव गौतम र सुनसरी इटहरीका डेबिड घलेविरुद्ध जाहेरी दिइएको थियो । किटानी जाहेरीमा परेकामध्ये थापा पनि एमाले कार्यकर्ता हुन् ।

थापा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य होमबहादुर थापाका भाइ हुन् । बुद्धि एमाले केन्द्रीय सदस्य गोविन्द थापाका दाइ, केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओलीका सालो हुन् । प्रहरीले हत्या आरोपित सातजनामध्ये मंगलबार दुईजनालाई पक्राउ गरेको थियो । अन्य पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हत्या भएको स्थल दमक-३ मा पुगेको दुइवटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ । जाहेरी परेका बाहेक केही अरूको पनि संलग्नता देखिएको प्रहरी स्रोतले जनाएको छ । हत्या भएको पाँच दिनसम्म पनि आरोपित पक्राउ नभएको भन्दै आफन्तले शव बुझेका छैनन् । शव दमक अस्पतालमा राखिएको छ ।

नयाँ पत्रिका अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय