दाङ । राप्ती लोकमार्गमा शनिबार बिहान भएको बोलेरो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका-३ साततलेमा बिहान करिब साढे तीन बजे रा १ ज ८२२ नम्बरको बोलेरो पिकअप दुर्घटना हुँदा गाडी चालक दंगीशरण गाउँपालिका-४ का २२ वर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका-६ का १९ वर्षीय सुरेश खड्काको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले बताए ।

दुर्घटनामा सल्यान कपुरकोट गाउँपालिका-६ का ३१ वर्षीय देवा वली र उनका दुई छोराहरु १३ वर्षीय महेश वली र १० वर्षीय जीवन वली घाइते भएका छन् । घाइतेहरुको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरिएको र थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय