उर्लाबारी,उर्लाबारी वडा नम्बर ६ पानि ट्याङ्की टोलमा उर्लाबारी प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित औषधीसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थाई घर सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका वडा नम्बर १७ भई हाल उर्लाबारी-६ पानीट्याङ्की टोलमा बस्दै आएका ५१ वर्षिय काजिमान सार्की , झापाको दमक- ४ घर भई हाल उर्लाबारी-६ मै बस्दै आएका ३० वर्षिय प्रकाश विश्वकर्मा र उर्लाबारी वडा नम्बर ३ नया मंगलबारेका २८ वर्षिय निशान्त थापा रहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
उनीहरुमध्ये काजिमान र प्रकाशलाई गत शुक्रबार दिउसो करिव ४ बजे पक्राउ गरिएको थियो भने थापालाई शनिबार दिउसो करिव ४:१० बजे पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक राकेश यादवले बताए ।
उनीहरुले प्रतिबन्धित औषधी विक्रि वितरण गर्दैआएको भन्ने सुचनाका आधारमा उर्लाबारी प्रहरीले उनीहरुलाई विगत २ हप्तादेखी निगरानीमा राख्दै आएको बताईएको छ ।
प्रहरीकाअनुसार शुक्रबार दिउसो प्रकाशले चलाएको को १ ह २६१० नम्बरको सिटी रिक्सामा प्रतिबन्धित लागुऔषध ट्रामाडोल हाईड्रोक्लोराईड क्याप्सुलस्स आई.पी. लेखिएको १ सय पत्ता ,(१० वटाको दरले १ हजार गोटि) र डिक्लोमीन हाईड्रोक्लोराईड ट्याब्लेट आई.पी. लेखिएको १ सय पत्ता (१० वटाको दरले १ हजार गोटि)सहित सार्कीलाई पक्राउ गरिएको प्रहरी निरिक्षक यादवले बताए ।
प्रहरीले उनीहरुलाई पक्राउ गरि अनुसन्धान गर्ने क्रममा उक्त प्रतिबन्धित औषधी नया मंगलबारेका निशान्त थापासँग खरिद गरिएको खुलेको जनाईएको छ ।
प्रहरीले मोरङ जिल्ला अदालतबाट थापाविरुद्ध पक्राउ पुर्जी स्विकृत भई उनलाई शनिबार घरबाटै पक्राउ गरिएको निरिक्षक यादवले बताए ।
प्रहरीले उनको जिउ तथा शरिर तालासी गर्ने क्रममा प्रतिबन्धित ट्रामाडोल हाईड्रोक्लोराईड क्याप्सुलस्स आई.पी. लेखिएको १ सय ५० पत्ता ,(१० वटाको दरले १ हजार ५ सय गोटि) र डिक्लोमीन हाईड्रोक्लोराईड ट्याब्लेट आई.पी. लेखिएको १ सय ५० पत्ता (१० वटाको दरले १ हजार ५ सय गोटि) सहित ९ हजार ५ सय रुपैया नगद र उनले प्रयोग गरेको एक थान मोवाईल समेत बरामद गरिएको प्रहरी निरिक्षक यादवले बताए ।
तिनै जना प्रतिवादीहरुलाई अदालतबाट ६ दिन म्याद थप गरि अनुसन्धान भैरहेको उर्लाबारी प्रहरीले जनाएको छ ।
प्रहरीस्रोत अनुसार मंगलबारेका थापा प्रतिबन्धित औषधी विक्रि वितरण कार्यमा लामो समयदेखी संलग्न रहेको जनाईएको छ ।
प्रहरी निरिक्षक यादवले उर्लाबारीको कमाण्ड सम्हाले यता आगुऔषध प्रयोगकर्ता र विक्री वितरण गर्ने गिरोहहरु प्रहरीको फन्दामा पर्दै आएका छन् । लागुऔषध दुर्व्यसनीमुक्त नगर बनाउने लक्ष्यसाथ उर्लाबारी प्रहरीले विषेश अपरेशन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय