विराटनगर । नेकपा (माओवादी केन्द्र)ले ग्रामथान गाउँपालिकाको उपनिर्वाचनका लागि अध्यक्षको उम्मेदवार घोषणा गरेको छ ।

माओवादीले नमोनारायण माझीलाई उम्मेदवार घोषणा गरेको हो । पूर्व वडाअध्यक्ष माझी नेपाली कांग्रेस छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

उनी ग्रामथान गाउँपालिकाको १ नम्बर वडाबाट ०७४ सालमा फोरम लोकतान्त्रिकबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका उनी पराजित भएका थिए ।

निर्वाचनका लागि कांग्रेस, एमालेले भने उम्मेद्वारको टुंगो लगाइसकेका छैनन् ।

०७९ सालको पालिका निर्वाचनमा कांग्रेसका जयप्रकाश गच्छदार विजयी भएका थिए । उनको हृदयघातका कारण मृत्यु भएपछि ग्रामथानमा यही मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगको कार्यतालिका अनुसार उपनिर्वाचनको उम्मेदवारी दर्ताको मिति २ मंसिरमा तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय