काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार २१७ जना नयाँ संक्रमित थप भएका छन् ।

पीसीआर विधिबाट ७ हजार २३२ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ४५ हजार ६५० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ३१ हजार ६०१ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १२ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६६३ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १८ लाख १३ हजार २०४ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १२ हजार ३८६ जना आइसोलेसन र ५१५ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय