उर्लाबारी । मोरङको उर्लाबारीमा हात्तीको झुण्डले धानबाली सखाप पारेको छ । हात्तीको झुण्डले मोरङको उर्लाबारी–२ का किसानको धानबाली नष्ट गरेको हो ।
हात्तिले उर्लाबारी–२ का डुम्रेलगायत क्षेत्रमा धानबालीमा क्षति पु¥याएको छ । स्थानीय सक्षम भण्डारी, हरि मगरलगायतको धानबालीमा हात्तीले क्षति पु¥याएको छ । हात्तीको झुण्डले खुट्टाले कुल्चेर तथा खाएर धानबाली नष्ट गरेको छ । ठूलो संख्यामा आएका हात्तीको बथानले पाक्न थालेको धानबालीमा रजाई गरेपछि किसान चिन्तित बनेका छन् ।
किसान भने हात्तीलाई खेतमा प्रवेश गर्न नदिका लागि रातभरी जाग्राम बसेपनि २०÷२२ को संख्यामा आएका हात्तीको बथान अगाडि स्थानीयको केही लागेन । हात्ती आतंक रोक्न किसान भाँडा वर्तन बजाएर रातभर खेतमा बसेका थिए । उर्लाबारी वडा नं. २ का वडाध्यक्ष राजनकुमार कँडेलले क्षतिको यकिन तथ्यांक संकलन गरिरहेको बताउनुभयो । हात्तीको ठुलो बथान आउँदा स्थानीयको प्रयास विफल हुने र हात्तीले धानमा रजाई गर्ने गरेको उहाँको भनाई छ ।
ADVERTISEMENT