उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघले पूर्णता पाएको छ ।
संघको विधान बमोजिम अध्यक्ष तारामान सिरेङको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सदस्यहरुमा चन्द्रकला खड्का प्रसाई, विक्रम चापागाई र सविता तामाङ मनोनित गरेको हो । तीनै जना नेपाली कांग्रेस समर्थक व्यवसायी हुनुहुन्छ । त्यस्तै, कानुनी सल्लाहकारमा पनि कांग्रेस समर्थक गणेश खत्रीलाई मनोनित गरिएको छ । त्यस्तै, सल्लाहकारहरुमा संस्थापक अध्यक्ष गोबद्र्धन शाक्य, पूर्वअध्यक्षहरु धर्मराज शाक्य, भरत भट्टराई, व्यवसायी बेलबहादुर कार्की र गोपाल कटुवाललाई मनोनित गरिएको सदस्य केशब भट्टराईले जानकारी दिनुभयो ।
ADVERTISEMENT