उर्लाबारी । बडादशैंको अवसरमा विपन्न तथा असहायहरुलाई निःशुल्क खाना खुवाउने कार्यक्रम सुरु भएको छ ।
उर्लाबारी नगरपालिकाका पूर्व नगरप्रमुख खड्ग फागोको उपस्थितिमा अभियान सुरु गरिएको हो । स्थानीय ममता रानाको नेृत्वमा अभियान थालिएको छ । उर्लाबारी नगरपालिकाको मुख्य चोक वडा नं. ५ एनएमबी बैक अगाडि दशैंको अबसरमा खाना खुवाउन थालिएको अभियानका सदस्य नुतन राईले जानकारी दिनुभयो । फुलपातीको दिन देखि टिकाको दिनसम्म लगातार ३ दिन निःशुल्क खाना खुवाउने कार्यक्रम रहेको छ । चार्ड पर्वको बेलामा कोही पनि भोक भोकै नरहुन भन्ने लक्ष्यले विभिन्न समाजिक ब्यक्तित्वहरुको सहयोग र सहकार्यमा कार्यक्रम गरिएको संयोजक रानाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय