उर्लाबारी । मोरङको उर्लाबारी–८ आम्बाडीमा सिसी क्यामेरा जडान गरिएको छ । उर्लाबारी उद्योग वाणिज्य संघले बिहीबार ७५ हजार रुपैयाँको लागतमा सिसी क्यामेरा जडान गरेको हो । स्थानीय जेष्ठ नागरिक इन्द्रकुमारी धिमालले सिसी क्यामेराको उद्घाटन गर्नुभएको छ । चाडपर्वमा दुर्घटना र आपराधिक क्रियाकलाप बढी हुने भएकाले आम्बाडी बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको अध्यक्ष तारामान सिरेङले जानकारी दिनुभयो । आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सहयोग पुगोस् भनेर सिसी क्यामेरा जडान गरिएको उहाँको भनाई छ । शान्ति र अमन चयन कायम गर्न यसले सहयोग पुग्ने उहाँको विश्वास छ ।
महासचिब सम्झना खतिवडाले सिसी क्यामेरा जडानसँगै अपराध नियन्त्रणमा प्रहरीलाई सहज हुने बताउनुभयो । जडान गरिएका सिसी क्यामेराको अनुगमन इलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रण कक्षबाट हुने जनाइएको छ । सिसी क्यामेरा जडानमा उर्लाबारी उद्योग वाणिज्य संघले २५ हजार, राजिब खड्काले १५ हजार, सविता धिमालले १५ हजार, कमल लिङथेपले १५ हजार र अशोक लिम्बूले ५ हजार सहयोग गर्नुभएको सिसी क्यामेरा जडान उपसमितिका संयोजक फुर्वा छिरिङ तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय