
उर्लाबारी । मोरङको उर्लाबारीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
उर्लाबारी नगरपालिका–१ कान्छिचोक बस्ने बर्ष ८४ को सन्त कुमार श्रेष्ठ दमको बिरामी भई मंसिर २० गते ग्रिन हस्पिटल बिराटनगरमा लगी उपचार भइरहेको थियो ।
सोही क्रममा स्वाव परिक्षण गराएकोमा मंसिर २२ गते कोरोना पोजेटीभ रिपोर्ट आएकोले सोही दिन घरमा ल्याइ राखिएकोमा आज २१ः०० बजे मृत्यु भएको जनाइएको छ ।