उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पस प्रमुख खेमराज कार्की नियमति काममा फर्किनुभएको छ ।
बुधबार क्याम्पस प्रमुख कार्की हाजिर भएर नियमित काममा फर्किनु भएको हो । मंगलबार सञ्चालक समिति र सल्लाहकारको बैठकले ताला तोडेर क्याम्पस प्रमुख कार्कीलाई नियमित काममा फर्किन निर्देशन दिएको थियो । सोही आधारमा उहाँ काममा फर्किनुभएको छ । क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी भएपछि क्याम्पसका महत्वपूर्ण काम प्रभावित भएपछि सञ्चालक समिति र सल्लाकार समितिको बैठकले तालाबन्दी तोडेर अघि बढ्ने निर्णय गरेको थियो । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु उर्लाबारी बहुमुखी क्याम्पस कमिटीले असोज ६ गते तालाबन्दी गरेको थियो । क्याम्पस प्रमुखमाथि नैतिक र सामाजिक प्रश्न खडा भएको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय