उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखको विषयमा लिएर विद्यार्थी संगठनहरुबीच नै सम्भावित घटना हुन सक्ने भएपछि सुरक्षा बढाइएको छ ।
हिजो सञ्चालक तथा सल्लाहकार समितिले क्याम्पस प्रमुखको कार्यकक्षमा लगाइएको ताला तोडेको थियो । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले लगाएको ताला फोरिएको थियो । क्याम्पसका कामकार्वाही प्रभावित भएपछि ताला तोडिएको जनाइएको छ । सो विषयमा विद्यार्थी संगठनहरु नै विभाजित बनेका छन् । जसले गर्दा क्याम्पसमा अप्रिय घटना हुन नदिन आज इलाका प्रहरी कार्यालय उर्लाबारी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।