
काठमाडौं । मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार सुनको मूल्य एक लाख ६० हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मुल्य १५ रुपैयाँले घटेर १९२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।