उर्लाबारी । क्षयरोगबाट पीडित मोरङको उर्लाबारीका कलाकार चुप्पी डन अर्थात यज्ञबहादुर कटुवालको उपचारका लागि सहयोग जुट्न थालेको छ ।
सामाजिक सञ्जालमार्फत चुप्पी डनको नामले भाइरल बनेका कटुवालको उपचारका लागि युवा व्यवसायी नुतन राईको समन्वयमा सहयोग जुटन थालेको हो । क्षयरोगबाट गम्भिर बनेपछि राईसहित सञ्चारकर्मी सरोज बस्नेत, रुपेन्द्र शेर्मा, पुजन दास, रमेश श्रेष्ठको पहलमा कोशी अस्पताल विराटनगर पठाइएको थियो । क्षयरोग फैलिएर गाह्रो भएपछि थाहा पाएर उपचारका लागि लगिएको राईले जानकारी दिनुभयो । कटुवालको उपचारका लागि युवा मन नेपालका सञ्चालक किशोर श्रेष्ठले १० हजार, रोमन कार्कीले ८ हजार ९ सय ८८ रुपैयाँ, मोबाइल वल्र्डका सञ्चालक योगराज कार्कीले ५ हजार, वाइवा मोबाइल सेन्टरका सञ्चालक पवन वाइवाले ५ हजार, युवा व्यवसायी रोमन शाक्यले ५ हजार, भाष्कर श्रेष्ठले ३ हजार, मनिष भण्डारीले २ हजार, बाबा दपीले २ हजार, प्रेम याख्याले १ हजार र ममता राना मगरले १ हजार रुपैयाँ सहयोग गर्नुभएको राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय