उर्लाबारी । मोरङको उर्लाबारीकी १६ वर्षीया किशोरीलाई आफ्नै हजुरबुबाले जवरजस्ती करणीको प्रयास गरेको आरोप लागेको छ ।
बुधबार विहान उर्लाबारी–८ दुर्गापुरी स्थित आफ्नै घरमा ७० बर्षीय हजुरबुबाले ती किशोरीलाई करणीको प्रयास गरेको आरोप लागेको हो । किशोरी डराएर घरमा कसैलाई भनिन् । उनले विद्यालय गएको बेला शिक्षकलाई सो कुरा सुनाएपछि घटना बाहिरिएको थियो । उर्लाबारीको राधिका माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययरत रहेकी ती किशोरीले शिक्षकलाई घटनाका बारेमा जानकारी गराइन् । त्यसपछि इलाका प्रहरी कार्यालयमा सोही विद्यालयका एक शिक्षकले दिएको ठाडो उजुरीका आधारमा कार्की थरका ७० बर्षीय जेष्ठ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
उजुरीका आधारमा कार्कीलाई बुधबार साँझ करिव ६ः३० बजे नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पछिल्लो सयम हाडनाताभित्र नै जबरजस्ती करणीको घटना बढ्दै गएको छ । पीडित र पीडकको नाताको आधारमा हेर्दा छिमेकी, शिक्षक, आफ्नै परिवार, घरमालिकबाटै महिलाहरू बलात्कृत हुने गरेका छन् ।
महिलालाई मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर अठार वर्षभन्दा कम उमेरकालाई करणी गरेमा जवर्जस्ती करणी गरेको मानिने मुलुकी अपराध संहिताको जबरजस्ती करणी सम्बन्धी महलमा उल्लेख गरिएको छ । मुलुकी अपराध संहिताको परिच्छेद १८ मा करणी सम्बन्धी कसुरको व्यवस्था गरिएको छ ।
उक्त परिच्छेदको दफा ८ को ‘ग’ मा भनिएको छ– ‘एकै हाँगाको तीन पुस्तासम्मको बज्यै, नाति वा पनाति, एकै हाँगाको ठूलो बुबा वा काका भतिजी, एकै हाँगाको भतिजो ठूली आमा वा काकी, ससुरो भतिजी बुहारीको करणी भएमा तीन वर्षदेखि ६ वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि साठी हजार रुपैयाँसम्म जरिवाना ।’ मुलुकी संहिता परिच्छेद –१८ करणी सम्बन्धी कसुरको दफा ३ अन्तर्गत दश वा दशभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए अठार वर्षदेखि बीस वर्षसम्म कैद हुने व्यवस्था उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय