उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पस प्रमुखमा खेमराज कार्कीलाई नै निरन्तरता दिने निर्णय भएको छ ।
आज विहान बसेको क्याम्पस व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । बहुमत पक्ष कार्कीलाई निरन्तर क्याम्पस प्रमुख बनाउन सहमत भए भने केही सदस्यहरु उपस्थिति नै भएनन् । नेपाली कांग्रेस, राप्रपालगायतको जोडबलकै कारण प्रमुखमा कार्कीलाई थमौति गराइएको छ भने एमाले, नेकपा माओवादी केन्द्र, जसपालगायत क्याम्पस प्रमुख कार्कीमाथि नैतिक प्रश्न खडा भएकाले निरन्तरता दिने पक्षमा छैनन् । क्याम्पस व्यवस्थापन समितिमा कांग्रेस र राप्रपाको बहुमत रहेको छ । एमालेबाट अध्यक्ष बनेका पुष्प ढकालले समेत क्याम्पस प्रमुखमा कार्कीलाई समर्थन गरेको बुझिएको छ । उर्लाबारी एमालेले कार्कीलाई साधारण सदस्यसमेत नरहने गरी कार्वाही गरिसकेको छ । कार्कीले चलाएको मोटरसाईकलबाट सोहि ठाउँ बस्ने वर्ष ४९ की पवित्रा सुवेदी वोहोरा साउन ३२ गते दुर्घटनामा परि मृत्यु समेत भईसकेकाले घटना परिवेशलाई मध्यनजर गर्दा घटना पछिका कियाकलाप तथा घटना अगाडि समेत स्थानीय समाज छरछिमेकी सबैले व्यापक रुपमा अनैतिक व्यवहार र चरित्रहीन आचरण गरेको क्याम्पस प्रमुख कार्कीमाथि आरोप लागेको थियो ।
कार्कीमाथि उक्त घटना तथा आरोप लागेपछि निमित्त क्याम्स प्रमुखको जिम्मेवारीमा अम्बिका गौतमको जिम्मेवारीमा रहनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय