विराटनगर । मोरङ क्षेत्र नं. १ (१) का कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतमले घिनाघाट–विराटचोक सडकमा क्षमताभन्दा बढी भारवहन गर्न रोक लगाउनु पर्ने बताउनु भएको छ ।

अधिक भारवहन वा गुणस्तरहीन निर्माणका कारणले प्रदेश गौरवको आयोजनाको रुपमा एक अर्ब रुपैयाँ भन्दा बढी रकम खर्च गरेर निर्माण भएको उक्त सडकको पूर्वतर्फको ट्रयाक पूरै दबेको सांसद गौतमले बताउनुभयो । कोशी प्रदेशसभा बैठकमा शुक्रवार बोल्नु हुँदै उहाँले प्रदेश गौरवको आयोजना अन्तरगतको सडक यसरी हस्तान्तरणसमेत नभई दब्ने अवस्था आएमा प्रदेशले तीन तीन वर्षमा सडक बनाइरहन सक्ने अवस्था नहुने भन्दै बढी भारवहन गर्न रोक्नु पर्ने बताउनु भएको हो। उहाँले भन्नुभयो ‘यो अरब भन्दा माथिको आयोजना हो । करिब हस्तान्तरणको चरणमा पुगेको छ । यो सडकको पूर्वतर्फको ट्रयाक पूरै दबेको छ । किन यो दब्यो ? भारबहन क्षमता भन्दा बढीको सवारी चलेर हो कि किन ? हाम्रो पूर्वाधारको दीगोपनका लागि नियमनकारी निकायलाई जिम्मेवार बनाऔं । क्षमताभन्दा बढीका सवारी गुड्न नदिइयोस् । किनभने हाम्रो क्षमता हरेक तीन वर्षमा बनाउन सक्नेखालको छैन । ’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय