उर्लाबारी । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको मिक्लाजुङ गाउँपालिका – १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेठको क्रुरतापूर्वक गरिएको हत्याबारे बोल्दै हत्या हिंसाविरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । उनले हत्याका दोषीलाई कुनै हालतमा छुट नदिइने भन्दै कडा भन्दा कडा कारबाहीको चेतावनी दिएका हुन् ।

‘हत्या, हिंसा मच्चाउनेलाई सरकारले कदापि माफी दिनेछैन, कानुनबमोजिम कारबहीको दायरामा ल्याउँछ,’ किर्तिपुरका सुन्दरीघाट चोभार स्थित ‘शान्ति सुद्धम्मावासा’ जेष्ठ नागरिक आवास गृहको शिलान्यास पछि प्रधानमन्त्री ओलीले भने, ‘यस्तै खालको बिकराल कालखण्ड पार गरेर मुलुक यो स्थितिमा आएको छ, अब फेरी त्यतैतिर फर्काउने गतिवधिहरु पूरा हुन दिइनेछैन ।’

ओलीले शिक्षक राजेन्द्र श्रेष्ठको डकैतीको शैलीमा हत्या गरिएको भन्दै त्यस्तो प्रवृत्तिलाई सबै मिलेर परास्त गर्नुपर्ने बताए । ‘त्यस्ता समुह सम्पती दिएन भने हत्या गर्ने प्रवृतिमा लागेका छन,’ प्रधानमन्त्री ओलीले भने । श्रेष्ठ हत्याको जिम्मेवारी विप्लव समुहले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय