उर्लाबारी । मोरङ क्षेत्र नम्बर १ का प्रदेश सांसद् कुशल साम्बाले सरकारको कमजोरीकै कारण मिक्लाजुङमा प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या भएको बताउनुभएको छ । प्राइम एफ एममा बुधबार बिहान कुराकानी गर्दै सांसद् साम्बाले रमितेमा सशस्त्र प्रहरीको पोष्ट स्थापना गर्न सबै प्रक्रिया पुर्याएर गृह मन्त्रालयसम्म फाईल पुग्दा पनि कार्यान्वयन नहुँदा यस्तो घटना भएको बताउनुभयो ।

मिक्लाजुङ – १ को रमितेमा प्रहरी प्रशासनको उपस्थिति नहुँदा यस्ता घटनाहरु हुँदै आएको बताउनुभयो । यसअघि पनि विप्लव समुहले स्काभेटरमा आगजनी गरेपछि सशस्त्र प्रहरीको पोष्ट स्थापना गर्न माग गरेर पहल गरेपनि सरकारले त्यसलाई गम्भिरताका साथ नलिँदा घटना घटेको बताउनुभयो ।

उहाँले प्रधानाध्यापक श्रेष्ठको हत्या जघन्य अपराध भएको बताउनुहुँदै तुरन्तै हत्यारालाई पक्राउ गर्न प्रहरी प्रशासनलाई दबाब दिने बताउनुभयो । सांसद् साम्बा मंगलबार घटनास्थलमा समेत पुग्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय