दमक । मानिसले इच्छा शक्ति देखायो भने जे पनि गर्न सकिँदो रहेछ भन्ने उदाहरण हाम्रै समाजभित्र देख्न सकिन्छ । काम गर्नलाई जात, वर्ग, समाज र लिङ्गले रोक्न सक्दैन । आफ्नो लैंगिक समस्यालाई लुकाएर अनि समाजबाट छुपेर कष्टकर जीवनयापन गर्दै आएका धेरै व्यक्तिहरु छन् ।
संर्किण सोच भएका गलत व्यक्तिका हाम्रो मुलुकमा अझै पनि खुलेर तेस्रोलिंगीहरु आउन सकेका छैनन् । तर, झापाको दमकमा भने खाजा पसल सञ्चालन गरेर गलत मानसिकता राख्नेहरुलाई गतिलो झापड हानेका छन् । दमक नगरपालिका–८ स्थित युनिक कलेज नजिक रहेको इन्द्रेणी सेवारो खाजा घर सञ्चालनमा ल्याएको छ । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले सञ्चालनमा ल्याएको खाजा घरको नीलहीरा समाज नेपालकी अध्यक्ष पिङ्की गुरुङले उद्घाटन गर्नुभएको छ । खाजा घरमा दैनिक रुपमा प्रयोग गरिने मःमः, चाउमिन, रोस्ट, नास्ता, चिया र चिसो पेय पदार्थ पाइने छ ।
उद्घाटन कार्यक्रममा बोल्दै नीलहीरा समाज नेपालकी अध्यक्ष पिङ्की गुरुङले तेस्रो लिङ्गी समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ खाजा घर सञ्चालनमा ल्याएर उदाहरणीय कार्य गरेको बताउनुभयो । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय समुदायले सुरु गरेको काम वास्तवमै उदाहरणीय छ । विभिन्न कारणले पछाडि पर्दै आएका यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई सबैले साथ र सहयोग गर्न आवश्यक छ ।
कार्यक्रममा परिवर्तनशील समाज मोरङका कार्यक्रम संयोजक मुस्कान श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी प्रदेश सदस्य भूमिका कोइराला, लिड नेपालकी कार्यक्रम संयोजक चञ्चला लिम्बू(नूमा)लगायतले बोल्नुभएको थियो भने कार्यक्रमको सभापति लिड नेपालका अध्यक्ष सुशिल पौडेल रहनुभएको थियो । कोशी प्रदेश सरकारको सहयोगमा खाजा पसल खोलिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय