उर्लाबारी । मोरङको उर्लाबारी–६ को राधिका माध्यमिक विद्यालयमा शैक्षिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले विद्यालयमा सिसी क्यामरा जडान गरिएको छ ।
उर्लाबारीकै उत्कृष्ट र नमूना विद्यालय राधिका माबिमा भ्वाइससहितको उच्च क्वालिटीको सिसी क्यामरा जडान गरिएको हो ।
शिक्षा क्षेत्रलाई अनुशासित, मर्यादित तथा व्यवस्थित शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षासहित विद्यालयमा सिसी क्यामेरा जडान गरिएको विद्यालयका प्रधानाध्यापक कुमार पोखरेलले जानकारी दिनुभयो ।
विद्यालय परिसर, कार्यालय, कक्षाकोठा लगायतको निगरानी गर्न सकिने गरी सिसी क्यामरा जडान गरिएको छ । विद्यार्थीहरुको चाप बढिरहेकाले शैक्षिक गुणस्तर सुधार तथा सुरक्षाका लागि सिसी क्यामराको प्रयोगले सहयोग पुग्ने अपेक्षा गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लोलिम पोमुले जानकारी दिनुभयो ।
सो विद्यालयमा ६४ वटा नयाँ सिसी क्यामरा जडान गरिएको छ भने ३४ वटा पुरानो क्यामरा रहेका छन् । केही मर्मत गर्नु पर्ने अवस्था रहेको छ । ८ लाख ९९ हजार ७ सय ७६ रुपैयाँमा उच्च क्वालिटीका सबै प्रक्रिया पु¥याएर खरिद गरिएको विद्यालयले जनाएको छ । कोशी प्रदेशमै छुट्टै पहिचान बनाउन सफल भएको राधिका माबिमा पूर्वी मोरङका २ हजार ५ सय विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । अंग्रेजी र नेपाली दुबै माध्यमबाट विद्यालयमा पढाई हुँदै आएको छ । कक्षा १२ सम्म पढाई हुने उक्त विद्यालयमा कक्षा ४ बाट अंग्रेजी माध्यममा पढाई हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय