
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आइतबार बस्दैछ ।
शनिबारको सचिवालय बैठकले आज दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी समितिको बैठक बस्ने निश्चित गरेको हो ।
बैठकले पार्टीको संकट र यसको निवारण सम्बन्धमा छलफल गरेर निष्कर्ष निकाल्ने प्रक्रिया अगाडि बढाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।
बैठकप्रति अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली सकारात्मक छैनन् । उनले यसअघि नै बैठकको आवश्यकता नभएको दाबी गर्दै आएका छन् ।
शनिबारको सचिवालयले निश्चित गरेको आइतबारको स्थायी समितिको बैठकप्रति पनि उनले रुचि देखाएका छैनन् । बैठकमा ओली आउने वा नआउनेबारे केही भनिएको छैन ।