उर्लाबारी । मंगलबार साँझ मोरङको उर्लाबारीमा एक युवालाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा फरार रहेका उर्लाबारी–५ का सुवास लामा (तामाङ) पक्राउ परेका छन् ।
उर्लाबारी नगरपालिका–४ का २१ वर्षीय कुशल दाहालको हत्याको अभियोगमा फरार रहेका लामालाई सुन्दरहरैचा नगरपालिका–४ दुलारीबाट पक्राउ गरिएको हो । उर्लाबारीका प्रहरी निरीक्षक देबेन्द्र दासको नेतृत्वमा खटिएको प्रहरी टोलीले साँझ ६ः३० मिनेटमा पक्राउ गरेको छ । पक्राउ परेका लामालाई इप्रका उर्लाबारीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दाहालमाथि उर्लाबारी–५ मा मंगलबार साँझ ६ बजेतिर छुरा प्रहार भएको थियो ।
गम्भीर घाइते दाहाललाई उर्लाबारी–५ कै गोदावरी हस्पिटलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि झापाको दमकस्थित लाइफ लाइन अस्पताल पु¥याइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको थियो । उर्लाबारी प्रहरीका अनुसार उपचारका क्रममा डाक्टरले राति ९ बजेतिर मृत घोषित गरेका हुन् । उनीमाथि उर्लाबारी–५ स्थित उद्योग वाणिज्य संघको कार्यालय नजिकै सुवास तामाङको घरमा छुरा प्रहार भएको थियो । आपराधिक पृष्ठभूमिका तामाङ घरमा एक्लै बस्दै आएको खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय