उर्लाबारी । इलामको चुलाचुली गाउँपालिका वडा नं. ४ का कर्मचारीको ढिलासुस्ती र लाहापवार्हीको कारण मर्कामा परेको स्थानीयको गुनासो छ ।
कार्यालयका कर्मचारीको त्रुटीका कारण इलाम जिल्ला पुगेर फर्किनसमेत समस्या हुने गरेको स्थाीय छत्र हिङमाङको भनाई छ । कित्ता नम्बर गलत हुँदा आफुले इलाम जिल्ला पुगेर दुख पाएको उनको अनुभव छ । सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगेको अनुभूति हुन नसकेको उनले बताए । त्यस्तै, स्थानीय कमल पोख्रेलले पनि घरबाट सिफारिस मागेकोमा घर भएको भनेर कर्मचारीले त्रुटी गरेका कारण आफूले दुख पाएको बताए । चुलाचुलीबाट झापा हुँदै इलाम पुग्नु पर्छ, त्रुटीका कारण काम हुँदैन उनले भने – पाँच ÷छ हजार बोकेर जाँदा पनि पुग्दैन ।
त्यस्तै, स्थानीय माइतबहादुर तामाङले वडा कार्यालयले पारदर्शी काम गर्न नसकेको आरोप लगाए । उनले कर्मचारीसमेत कार्यालयमा समयमै उपस्थित नहुने गरेको उनले बताए । कर्मचारी छिटो नआउने र काममा ढिलासुस्ती गर्ने गरेको स्थानीय अमृत राईले बताए । त्यस्तै, स्थानीय कुमार राईले आधारभूत स्वास्थ्य केन्द्रको भवन खोला छेउमा निर्माण गरेको भन्दै आपत्ति जनाए । वडाध्यक्षले आफ्नो घर अगाडि बनाएको छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय