मिक्लाजुङ। मोरङको मिक्लाजुङ गाउँपालिकामा रहेकाे छेडी सामुदायिक वनबाट अवैध चिरान काठ सहित ५ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

गाउँपालिकाकाे वडानम्बर १ मा रहेका उक्त सामुदायिक वनबाट गयराती १२ बजेर ४५ मिनेटमा को १ त ८५५९ नम्बरको ट्याक्टरमा बिभिन्न जातका १०३ क्यु.फिट चिरान काठ अवैध रुपमा लोड ल्याउदै गरेकाे अवस्थामा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले ट्याक्टर र ट्याक्टरमा लोड भएको चिरान काठसहित वडानम्बर १ सुगुरे बस्ने बर्ष ३६ को ईलाख राई, मान्द्रे बस्ने बर्ष १६ को तगिन राई, बर्ष १८ को दुम्से राई, बर्ष १९ को सबिन राई र बस्ने बर्ष १६ को बिशाल राईलाई पक्राउ गरेकाे उक्त कार्यालयले जनाएकाे छ ।

पक्राउ परेका उनिहरूलाई वरामद भएको चिरान काठ र ट्याक्टरसहित सब डिभिजन वन कार्यालय मधुमल्लामा बुझाइएको जिःला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय