नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली जान नमानेपछि बालुवाटारमै सुरु भ्एको हो ।

बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डसहित ९ जनै सदस्यहरुको सहभागिता रहेको छ ।

सो बैठकमा यसअघि ओली र प्रचण्डले ल्याएको दुबै प्रस्ताव बारे छलफल हुने बुझिएको छ । कात्तिक २८ गतेको बैठकमा प्रचण्डले ओलीलाई विभिन्न विषयमा प्रश्न गर्दै १९ पेज लामो प्रस्ताव ल्याएका थिए भने १३ गतेको सचिवालय बैठकमा पनि ओलीले जवाफी प्रतिवेदन ल्याएका थिए ।

दुवै प्रतिवेदनमाथि सचिवालयमा छलफलपछि नेकपाभित्रको विवाद कसरी अघि बढ्छ भन्ने दिशा तय हुने नेताहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय